२० चैत २०८२

समाचार

साङ्गठनिक एकीकरणको जिम्मा सचिवालयलाई

काठमाडौँ, १० फागुन ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले गरेको साङ्गठनिक एकताको कामका लागि धन्यवाद दिँदै एकताको बाँकी काम सचिवालयले गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →


आलेख ः अस्ताए एक विकासप्रेमी नेता

नारायणपुर, १० फागुन ,, दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गर्नुभएका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आउनुभएका सांसद वलीको शुक्रबार बिहान काठमाडौँमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ ।...बाँकी अंश →


संस्थागत हित र गुणस्तरीयतामा जोड–महाप्रबन्धक शर्मा

पोखरा, १० फागुन ,, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले राससकर्मीलाई संस्थागत हित र गुणस्तरीय समाचार उत्पादन गर्न निर्देशन दिनुभएको छ । नेपाल पत्रकार महासङ्घको बिहीबारदेखि पोखरामा जारी केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट आएका राससकर्मीको गण्डकी प्रदेश कार्यालयमा आयोजित भेलामा उहाँले समाचारमा गुणस्तरीयता कायम गर्दै संस्थाप्रतिको...बाँकी अंश →


राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, १० फागुन ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको...बाँकी अंश →


राष्ट्रपतिसँग भेट

काठमाडौँ, १० फागुन ,,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल तथा बेलायत सरकारका उच्च अधिकारीको...बाँकी अंश →


मालपोत र नापीका विकृति सुधार गरिनेछ ः मन्त्री अर्याल

काठमाडौँ, १० ,, भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महीनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षत्कारमा उहाँले असार मसान्तभित्र काठमाडाँै उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत...बाँकी अंश →


तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन

तुलसीपुर, १० फागुन ,,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ,...बाँकी अंश →


अपाङ्ग भएका व्यक्तिलाई सेवा प्रदान

काठमाडौँ, १० फागुन ,,  राष्ट्रिय अपाङ्ग कोषले ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान गरेको छ । कोषले चालु आर्थिक वर्षको ६ महीनामा फिजीयोथेरापी÷अङ्कुपेशन थेरापी, कृतिम हातखुट्टा, वैशाखी, सेतो छडी, क्यालिपरलगायतका सामाग्री उत्पादन गरी प्रदान गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९८१ मा विश्वभर अपाङ्ग दिवस मनाइरहँदा नेपालमा पनि आवश्यकता महसुस...बाँकी अंश →


नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने बेलायतको प्रतिबद्धता

काठमाडौँ, १० फागुन ,,  संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको हो । नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै...बाँकी अंश →


अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार

गलेश्वर, १० फागुन ,,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पु¥याई उपचार गरिएको छ । गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी...बाँकी अंश →


शहीद स्मारक ‘बी’ डिभिजन लिग ः आज दुई खेल

काठमाडौँ, १० फागुन शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ...बाँकी अंश →


नेपालद्वारा युएई सात विकेटले पराजित

काठमाडौँ, १० फागुन ,,  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter