
फिदिम, १४ फागुन ,, संविधान र स्थानीय तह सञ्चालन ऐनले सञ्चालनको स्पष्ट कार्यादेश दिए पनि यहाँका न्यायिक समिति अझै सङ्घीय सरकारको मुख ताकिरहेका छन् । सङ्घीय सरकारको मुख ताकेर बसेकै कारण यहाँका स्थानीय तहमा गठित न्यायिक समितिले न्याय निरुपणमा उल्लेख्य प्रगति गर्न सकिरहेका छैनन् । जनप्रतिनिधि निर्वाचित भएको १८ महीना...बाँकी अंश →

बाजुरा, १४ फागुन ,, अपाङ्गता भएका व्यक्तिले राज्यबाटै आफूहरूलाई अपहेलना गरिएको गुनासो गरेका छन् । संरक्षकको जिम्मेवारीमा रहेको जिल्ला प्रशासन कार्यालयदेखि सङ्घीय संरचनाका तीन तहका सरकारबाटै अपहेलना गरिएको जिल्ला अपाङ्ग कल्याण सङ्घका अध्यक्ष मानबहादुर हमालले बताउनुभयो । राज्यले अपाङ्गता भएका व्यक्तिलाई दिने भनिएको सेवा र सहुलियत कुनै पक्षबाट पनि कार्यान्वयन...बाँकी अंश →

काठमाडौं, १३ फागुन ,, नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘साइबर कानून र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित हुने कुनै पनि...बाँकी अंश →

परासी, १३ फागुन ,, प्रदेश नं ५ को नाम के आधारमा राख्ने र स्थायी राजधानी कहाँ र कस्तो हुने भन्ने विषयमा प्रदेशका नागरिकसँग सुझाव सङ्कलन थालिएको छ । प्रदेशसभाद्वारा गठित विशेष समितिले आइतबार यसै विषयमा पश्चिम नवलपरासीमा सुझाव सङ्कलन तथा अन्तक्र्रिया गरेको छ । प्रदेशसभा सदस्य तथा विशेष समितिका सदस्यद्वय...बाँकी अंश →

काठमाडौँ, १३ फागुन ,, कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४...बाँकी अंश →

काठमाडौँ, १३ फागुन ,, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने...बाँकी अंश →

काठमाडौँ, १३ फागुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो ।...बाँकी अंश →

काठमाडौँ, १३ फागुन ,, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा...बाँकी अंश →

काठमाडौँ, १३ फागुन ,, ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास...बाँकी अंश →

विराटनगर, १३ फागुन ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो...बाँकी अंश →

धनगढी, १३ फागुन ,, कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण...बाँकी अंश →

चिप्लेढुङ्गा, १३ फागुन ,, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं बालपरिषद् गठन कार्यक्रममा मुख्यमन्त्रीले अब प्रदेशका हरेक संरचना बालमैत्री हुने बताउनुभएको हो । उहाँले बालअधिकारको प्रत्याभूतिका लागि गण्डकी प्रदेश...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: