
बनेपा, १५ फागुन ,, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुभएको छ । च्यासिङखर्कको च्याल्टीमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले ७० वर्षभन्दा माथिका १५१ ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नमा सहज होस् भन्ने उद्देश्यले लठ्ठी वितरण तथा दोसल्ला...बाँकी अंश →
राँझा, १५ फागुन ,, लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ...बाँकी अंश →

कावासोती, १५ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।...बाँकी अंश →

काठमाडौँ, १५ फागुन ,, वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र...बाँकी अंश →

डोटी, १५ फागुन ,, नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको...बाँकी अंश →

काठमाडौँ, १४ फागुन ,, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गर्नुभयो...बाँकी अंश →

पोखरा, १४ फागुन ,, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट रु नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पु¥याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो...बाँकी अंश →

काठमाडौँ, १४ फागुन ,, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने...बाँकी अंश →

काठमाडौँ, १४ फागुन ,, नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स...बाँकी अंश →

सुर्खेत, १४ फागुन ,, कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधि निर्माण गरेको छ । तीमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित छन् । अन्य मन्त्रालयले आवश्यक कानूनी संरचनासमेत खडा गर्न नसकिरहेका बेला कृषि तथा सहकारीले यस अवधिमा कानूनी र भौतिक...बाँकी अंश →

भक्तपुर, १४ फागुन ,, सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष...बाँकी अंश →

काठमाडौँ, १४ फागुन ,, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उहाँले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: