१९ चैत २०८२

समाचार

मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ फागुन ,, नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो...बाँकी अंश →


मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

पोखरा, १६ फागुन ,,   हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय...बाँकी अंश →


भक्तपुरलगायत उपत्यकामा हिमपात

भक्तपुर, १६ फागुन ,,  भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत...बाँकी अंश →


शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्दै कामपा

काठमाडौँ, १६ फागुन ,,   काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, काठमाडौँबीच शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ एक कार्यक्रममा कामपाका तर्फबाट सहसचिव टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कापमा...बाँकी अंश →


शव आज काठमाडौँ पठाइँदै

सुकेटार, १६ फागुन ,,  नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै...बाँकी अंश →


सातै जनाको शव फेला ःमन्त्रीको शव चिन्न सकिने

काठमाडौँ, १५ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो ।...बाँकी अंश →


हेलिकप्टर दुर्घटनामा तीनको शव फेला

भद्रपुर, १५ फागुन ,,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सवार हेलिकप्टर ताप्लेजुङ जिल्लामा आज दुर्घटना हुँदा हालसम्म तीन शव फेला परेको छ । ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताउनुभयो । उहाँले दुर्घटनास्थलमा तीन वटा जलेको शव...बाँकी अंश →


नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु

काठमाडौँ, १५ फागुन ,,  गैरआवासीय नेपाली सङ्घले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवद्र्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५÷७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पु¥याउन नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु...बाँकी अंश →


कराते महासङ्घको विवाद साम्य

काठमाडौँ, १५ फागुन ,,  नेपालको करातेमा सक्रिय दुई फरक फरक अस्तित्वका कराते महासङ्घ निर्वाचनमार्फत एक हुने सहमतिसहित एकीकरण भएको छ । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त करातेका दुई महासङ्घ अस्तित्वमा थिए । दावा गुरुङको नेतृत्वमा रहेको कराते महासङ्घलाई राष्ट्रिय र पुनेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासङ्घलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले...बाँकी अंश →


मेलम्ची आयोजनाको ढिलाइप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ, १५ फागुन ,, राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दिलकुमारी थापा रावलले भन्नुभयो, “अहिलेसम्म पनि मेलम्चीको...बाँकी अंश →


मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ, १५ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी...बाँकी अंश →


इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

तेहरान, १५ फागुन ,, – इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । ‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भन्नुभएको छ । जारिफले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter