१९ चैत २०८२

समाचार

फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन ,, नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको...बाँकी अंश →


हिलोले सडक अस्तव्यस्त

मार्तडी, २२ फागुन  ,,  साँफे–मार्तडीको राजमार्ग सडकखण्डसँग जोडिएको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ । लगातारको वर्षाका कारण सडक निर्माण कार्य अवरुद्ध भएपछि एक महीनादेखि अस्तव्यस्त बनेको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक निर्माण कम्पनीले समयमै काम नगर्दा हिलाम्मे सडक भएपछि अस्तव्यस्त बनेको दुनीहाट बजारका अध्यक्ष मोहनलाल...बाँकी अंश →


निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

धनगढी, २२ फागुन ,,  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले...बाँकी अंश →


सदस्य–सचिव दाहालद्वारा पदस्थापन

काठमाडौँ, २२ फागुन ,,  राष्ट्रिय प्रकृति संरक्षण कोषका नवनियुक्त सदस्य–सचिव यज्ञनाथ दाहालले पदस्थापन गर्नुभएको छ । कोषको कार्यालयमा मङ्गलबार पदबहालीपछि सदस्य–सचिव दाहालले कोष स्थापनाको उद्देश्य प्राप्तिमा सम्पूर्ण कार्यक्रम, बजेट र समूह अधिकतमरुपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि उहाँ वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रमुख...बाँकी अंश →


कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

पोखरा, २२ पोखरा ,, पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई...बाँकी अंश →


कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक, २२ फागुन ,,   बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताउनुभयो । उहाँले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण...बाँकी अंश →


कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

काठमाडौँ, २२ फागुन ,,  काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल...बाँकी अंश →


उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ

भक्तपुर, २२ फागुन  ,, मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय...बाँकी अंश →


क्यान्सरबाट पीडितलाई उपचार खर्च अभाव

बलेवा, २२ फागुन ,, क्यान्सरबाट पीडित बनेका बागलुङको बरेङका एक युवाको उपचारमा खर्च अभाव भएको छ । बरेङ गाउँपालिका–३ बाटाकाचौरका नरबहादुर परियारको उपचारमा खर्च अभाव भएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहेका परियारको उपचार गर्न खर्चको अभाव भएको परिवारले जनाएको छ । मध्यम परिवारका नरबहादुरको...बाँकी अंश →


‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन ,,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा...बाँकी अंश →


दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण

म्याग्दी, २२ फागुन ,, : म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं...बाँकी अंश →


लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

रुपन्देही, २२ फागुन ,, “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter