१९ चैत २०८२

समाचार

सूचना टाँसेर बैठक स्थगित

पोखरा, २२ फागुन ,, गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति,...बाँकी अंश →


संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई

काठमाडौँ, २२ फागुन ,,  नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव...बाँकी अंश →


प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नाष्ट

ललितपुर, २२ फागुन ,,  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पुनःप्रयोग गर्न नमिल्ने प्लाष्टिक व्यवस्थापन गर्न नयाँ योजना अघि बढाएको छ । नाष्टका वैज्ञानिकले प्लाष्टिकबाट इन्धन प्रशोधन गर्न सकिने कुराको अनुसन्धान गरेसँगै यसबाट इन्धन पनि निकाल्न सकिन्छ भन्ने जानकारी दिइरहेका छन् । त्यस सम्बन्धमा हाल नाष्टका कर्मचारी देशका...बाँकी अंश →


महिला दिवस भव्यरुपमा मनाइने

काठमाडौँ, २२ फागुन ,,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) लाई सफल बनाउन सहयोगका लागि सबैसँग आग्रह गरेको छ । आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्रालयले दिवसलाई सफल बनाउन सरोकारवाला गैरसरकारी सङ्घ÷संस्था, नागरिक समाज, आमसञ्चार माध्यम र विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिलाई आग्रह गरेको छ...बाँकी अंश →


अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्

काठमाडौँ, २२ फागुन  ,,  सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ गर्दैनन्...बाँकी अंश →


सेतीमा जलयात्रा बढ्दै

डोटी, २२ फागुुन ,,  दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो...बाँकी अंश →


प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

काठमाडौँ, २२ फागुन  ,,  प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो...बाँकी अंश →


कालिज संरक्षण गरिँदै

बागलुङ, २२ फागुन  ,, बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि कालिज संरक्षण प्रयास अघि बढाइएको छ । कागलुङ् नगरपालिका–१ स्थित कालिका भगवती मन्दिर व्यवस्थापन समिति कालिज संरक्षणमा लागेको हो । वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम शुरु गरिएको छ । मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षीको...बाँकी अंश →


सहुलियत ऋण नपाउँदा युवा उद्यमी निराश

राँझा, २२ फागुन ,,  सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले उद्यमी समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा...बाँकी अंश →


लप्सीका परिकार अमेरिका निर्यात

पर्वत, २२ फागुन ,, लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका...बाँकी अंश →


श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

काठमाडौँ, २२ फागुन ,,  पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास...बाँकी अंश →


पन्ध्रौं योजनामा परामर्श ः समुन्नत राष्ट्रको दीर्घकालीन सोच

काठमाडौँ, २२ फागुन  ,,  राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको छ । सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter