
काठमाडौँ, २३ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा पण्डितले नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै शोकाकूल परिवारजन र आफन्तप्रति समवेदना प्रकट गरिएको छ ।...बाँकी अंश →

चिप्लेढुङ्गा, २३ फागुन ,, पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला अदालतको अनुमतिपछि...बाँकी अंश →
काठमाडौँ, २३ फागुन ,, मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा...बाँकी अंश →

लहान, २३ फागुन ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको सार्वजनिक निकायमा हुने अनियमिततालाई निगरानी गर्न सिरहामा भ्रष्टाचार बिरुद्धको निगरानी संस्था गठन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव शिवराम न्यौपानेको उपस्थितिमा सदरमुकाम सिरहामा सम्पन्न सर्वपक्षीय भेलाले सिरहाबाट प्रकाशित हुँदै आएको अपन दैनिकका प्रधानसम्पादक अनिरुद्ध ठाकुरको अध्यक्षतामा...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता झापा निवासी जीतबहादुर पुरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत केन्द्रीय समितिका तर्फबाट नेता पुरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । विसं २०१४ मा काङ्ग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका...बाँकी अंश →

रोल्पा, २३ फागुन ,, त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, आर्किटेक्ट तथा इञ्जिनीयर शङ्करनाथ रिमालले जीवनको ८४ औँ वसन्त पार सक्दासम्म पनि अझै जीवन के हो भन्ने अनुभूति गर्न पाउनुभएको छैन । बहुआयामिक व्यक्तित्वका धनी रिमाल यही फागुन शुक्ल द्वितीयाका दिन ८५ औँ वसन्तमा प्रवेश गर्न लाग्दा पनि जीवन यही हो भन्ने परिभाषा दिन कठिन ठान्नुहुन्छ...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि सांसद देवप्रसाद गुरुङ मुलुकको समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको आवश्यकता रहेका...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ९ ,, एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ९ ,, ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: