१९ चैत २०८२

समाचार

रोल्पाको जनजीवन त्रासमा

रोल्पा, २४ फागुन ,,  बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले...बाँकी अंश →


स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग

काठमाडौँ, २४ फागुन  ,,  शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् ।युवा अभियानकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित नहुन भन्नका लागि सरकारले निःशुल्क गर्नुपर्ने माग गरेका हुन् । “हामी...बाँकी अंश →


थप अधिकारका लागि सङ्घर्ष गरौँ–महिला नेत्री

काठमाडौँ, २४ फागुन ,, विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको...बाँकी अंश →


संविधानले अनुमति नदिने काम हुन नदिने ः रक्षामन्त्री पोखरेल

विराटनगर, २४ फागुन ,,  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित...बाँकी अंश →


पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

चितवन, २४ फागुन ,,   पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको...बाँकी अंश →


राष्ट्रपति सरिक

काठमाडौँ, २४ फागुन ९ ,,  राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । –––बाँकी अंश →


स्रोतमा नै फोहर छुट्याइँदै स्थानीय तह

काठमाडौँ, २४ फागुन ,,  शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगर्दा व्यवस्थापन गर्न समस्या आएको भन्दै काठमाडौँका स्थानीय तहले स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याउने योजना अघि सोरेका छन् । कामपा वातावरण विभागले आयोजना गरेको फोहर व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखले फोहरको उचित व्यवस्थापनका लागि स्रोतमा नै...बाँकी अंश →


बुटवलमा सुरक्षित मातृत्व अभियान शुरु

रुपन्देही, २४ फागुन ,,  विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।...बाँकी अंश →


महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ ः सभामुख अधिकारी

कास्की, २४ फागुन ,,  गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा...बाँकी अंश →


‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

काठमाडौँ, २३ फागुन ,,  एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका...बाँकी अंश →


निजी स्रोतका शिक्षकका लागि एक करोड

बैतडी, २३ फागुन ,,  पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ...बाँकी अंश →


डा परियारलाई ‘महिला क्रियाशील पुरस्कार’

काठमाडौँ, २३ फागुन ,, समाजसेवी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter