१९ चैत २०८२

समाचार

सहकारीले ठगी गरेको रकम असुल

काठमाडौँ,२४ फागुन ,,  काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरेको हो । कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालका अनुसार २०७५ साउन १...बाँकी अंश →


‘पहिले कौतुहल, अनि डर र पछि मजा ’

काठमाडौँ, २४ फागुन (रासस) ः ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडांैँ उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको...बाँकी अंश →


‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’

काठमाडौँ, २४ फागुन  ,,  लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो...बाँकी अंश →


मेघा अस्पतालमा ५० प्रतिशत छुट

ललितपुर, २४ फागुन  ,,  ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको...बाँकी अंश →


प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ फागुन ,,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार...बाँकी अंश →


सरकार र गठबन्धनबीच सहमति

काठमाडौँ, २४ फागुन ,,  नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो...बाँकी अंश →


भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकार

काठमाडौँ, २४ फागुन ,,  भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्कनुभएको छ । कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन ¬(एमडिजेए) को संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा यही फागुन १७–१८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच...बाँकी अंश →


नेपालगञ्जमा वातावरण सुधार अभियान

नेपालगञ्ज, २४ फागुन (रासस): नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुनेका शहरका रूपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान...बाँकी अंश →


महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ ः राष्ट्रपति

काठमाडौँ, २४ फागुन ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी...बाँकी अंश →


स्वास्थ्यबीमाका लागि बिमितको नाम दर्ता

लहान, २४ फागुन ,,   स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।...बाँकी अंश →


विभिन्न व्यक्तिलाई सम्मान

नवलपरासी, २४ फागुन ,,   हेल्पिङ ह्याण्डस नामक संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्र र विपत् जोखिम न्यूनीकरणमा उल्लेखनीय सहयोग पु¥याएवापत नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष एवम् अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार हरि शर्मालाई ‘उषा–प्रकाश पत्रकारिता सम्मान’बाट सम्मान गरेको छ...बाँकी अंश →


सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा खुशी

राजविराज, २४ फागुन  ,,  सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो । यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter