
काठमाडौँ, २६ फागुन ,, गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिनुभएको हो...बाँकी अंश →

काठमाडौँ, २६ फागुन ,, सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताउनुभयो । “राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले क्षमायाचना...बाँकी अंश →

जुम्ला २६ फागुन ,, जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ । हिमा गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत...बाँकी अंश →

काठमाडौँ, २६ फागुन ,, विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन्...बाँकी अंश →

काठमाडौँ, २६ फागुन ,, कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ सरकार गम्भीर रुपमा लागिपरेको छ । खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी आजदेखि राजधानीमा शुरु भएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा मुलुकका कार्यकारी प्रमुखबाट त्यस्तो अभिव्यक्ति आएको हो । कृषि र खाद्य सम्प्रभूताको वर्तमान चुनौती र समाधानका उपायबारे सम्बन्धित विषयका जानकारबीच अनुभव आदानप्रदानसहित...बाँकी अंश →

काठमाडौँ, २६ फागुन ,, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन, नियमन तथा एकरुपता कायम गर्न छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउन सिफारिश गरिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ समस्या अध्ययन गर्न गठित समिति’ले सरकारलाई सो सुझाव दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप आवश्यक बजेट...बाँकी अंश →

रत्ननगर, २६ फागुन ,, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । यो उपकरणबाट एचपिभी...बाँकी अंश →

काभ्रेपलाञ्चोक, २६ फागुन ,, तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यही फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा तोकिएको हो । सो गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजना सम्झौता तथा योजनाको भुक्तानीलगायत...बाँकी अंश →

फागुन २६, लम्की ,, कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको...बाँकी अंश →

काठमाडौँ, २६ फागुन ,, राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो । सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान...बाँकी अंश →
बेनी, २६ फागुन ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ...बाँकी अंश →
काठमाडौँ, २६ फागुन ,, काठमाडौँमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जित्नुभएको छ । शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई पछि पार्दै उहाँहरुले उपाधि जित्नुभएको हो । दुवैले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभएको थियो । मिस रोट्रयाक्ट श्रेष्ठलाई यसअघिकी विजेता सृष्टि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: