१९ चैत २०८२

समाचार

चरेससहित भारतीय पक्राउ

धादिङ, २७ माघ ,,  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका...बाँकी अंश →


कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ

मुग्लिन, २७ फागुन ,,  चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् । विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा...बाँकी अंश →


एबिसीलाई पूर्ववत् अवस्थामा फर्काइँदै

पोखरा, २७ फागुन ,,  अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पु¥याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पूर्ववत् अवस्थामा फर्काउने तयारीमा जुटेका छन् । अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँस्थित होटलका छाना नै उडाएको र हिउँ जमिरहेका कारण...बाँकी अंश →


मर्मत भएनन् अस्पतालका उपकरण

बाँके, २७ फागुन ,,  पश्चिम नेपालका सरकारीमध्ये नेपालगन्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ । तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरु बिग्रिएपछि बनाउनेतर्फ अस्पतालले ध्यान नदिँदा बिरामी चर्काे मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् । पश्चिम नेपालकामध्ये भेरी अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा...बाँकी अंश →


विद्युत् चुहावट गर्नेबाट रु चार करोड असुली

पर्सा, २७ फागुन ,,  नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका...बाँकी अंश →


प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

काठमाडौँ, २७ फागुन ,, नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो । राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका...बाँकी अंश →


घाइते कटुवाललाई आर्थिक सहयोग

काठमाडौँ, २७ फागुन ,,  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते हुनुभएका मीरा कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा...बाँकी अंश →


विमानस्थल परिसरमा सरसफाइ

काठमाडौँ, २७ फागुन ,,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो । मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना...बाँकी अंश →


खतराप्रति सतर्क रहन सरकारलाई आग्रह

काठमाडौँ, २७ फागुन ,,  नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग (मधेश स्वतन्त्र देश) बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले सो...बाँकी अंश →


युवाको हत्या

खस्यौली, २७ फागनु ,,  रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा...बाँकी अंश →


हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

ठिनी, २७ फागुन  ,,  पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका...बाँकी अंश →


अस्पतालमा उपकरणको अभाव

जाजरकोट, २७ फागुन ,,  जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभयो । पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter