रुपन्देही, २८ फागुन ,, प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ...बाँकी अंश →

दमौली, २८ फागुन ,, तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम...बाँकी अंश →

खस्यौली, २८ फागुन ,, बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु...बाँकी अंश →

बनेपा, २८ फागुन ,, बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको...बाँकी अंश →

दैलेख, २८ फागुन ,, दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन...बाँकी अंश →

चितवन, २८ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो । नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिनुभयो । वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो । बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद कृष्ण राई, छिरिङदोर्जे लामा, समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका सदस्य टुल्कुनिमा टेण्डी...बाँकी अंश →

कास्की, २८ फागुन ,, कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी भिमादले...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता,...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीलाई जोन एफ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: