
चितवन, २९ फागुन ,, भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।...बाँकी अंश →

ललितपुर, २८ फागुन ,, शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल...बाँकी अंश →

चिप्लेढुङ्गा, २८ फागुन ,, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र...बाँकी अंश →
बझाङ, २८ फागुन ,, जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ ब्यासी तामाखानी घर भई हाल अमेरिकामा बस्दै आएका डा तुलसीराम जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरिइएको छ । गरीब परिवारका जेहेन्दार र लगनशील विद्यार्थीलाई पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थापित...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३...बाँकी अंश →

गाईघाट, २८ फागुन ,, उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर...बाँकी अंश →

तनहुँ २८ फागुन ,, भूकम्पले क्षति पु¥याएकामध्ये १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । शिक्षा विभाग र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट १४५ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट २० गरी कुल १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको हो । तनहुँमा प्रावि, निमावि र मावि गरी कूल ४८६ सामुदायिक विद्यालय रहेकोमा भूकम्पबाट २९१...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण...बाँकी अंश →
गौशाला, २८ फागुन ,, महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको...बाँकी अंश →

दमौली, २८ फागुन ,, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो...बाँकी अंश →

पोखरा, २८ फागुन ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले उक्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: