पर्वत, २९ फागुन ,, एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका...बाँकी अंश →

दमौली, २९ फागुन ,, नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव...बाँकी अंश →

राँझा, २९ फागुन ,, राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा...बाँकी अंश →

बनेपा, फागुन २९ ,, आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको १३ वटै वडामा विशेष गरी...बाँकी अंश →

बर्दिवास, २९ फागुन ,, महोत्तरी जिल्लाको बलवा नगरपालिकाको धमौराका बासिन्दा इस्लाम (मुुस्लिम) धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान बिदाइ गरेका छन् । माध्यमिकी परिक्रमाको साताँै दिनको विश्राम धमौराको ध्रुवकुण्डमा गरेका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राको शुभकामना व्यक्त गर्दै हार्दिक बिदाइ गरेका हुन् । मिथिला क्षेत्रको महाकुम्भ भनिने मिथिला...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत हुनुहुन्छ । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अस्वघोषले करीब १५० कृतिहरु प्रकाशित...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति...बाँकी अंश →

परासी, २९ फागुन ,, पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले...बाँकी अंश →

चितवन, २९ फागुन ,, धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम...बाँकी अंश →
नेपालगञ्ज, २९ फागुन ,, बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: