
बाँके, ३० फागुन ,, विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सिके राउतका बीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफ्ना गतिविधि सच्याउन पनि आग्रह गर्नुभयो । सांसद रामनारायण बिंडारीले उत्कृष्ट संविधान कार्यान्वयनमा आउँदा...बाँकी अंश →

गाईघाट, ३० फागुन ,, वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले... पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ,...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिनुभएको छ । ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ तयारीका क्रममा वातावरणीय विषयमाथिको छलफलका क्रममा उहाँहरुले प्रतिजैविक औषधि उत्पादन गर्ने, बिक्री वितरण गर्ने र प्रयोग गर्नेलगायत सबैमा जनचेतना जगाई यसबाट हुने वातावरणीय...बाँकी अंश →

धनुषा, ३० फागुन ,, वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा नौ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ । विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सद्भाव समितिको अङ्गअन्तर्गत गठन गरिएको सो समितिमा इजरायलबाट राम ढुङ्गाना, डेनमार्कबाट प्रभात किरण...बाँकी अंश →

पोखरा, ३० फागुन ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । “विप्लवका गतिविधि...बाँकी अंश →

धनगढी, ३० फागुन ९ ,, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर...बाँकी अंश →

पोखरा, ३० फागुन ,, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताउनुभयो । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी...बाँकी अंश →

म्याग्दी, ३० फागुन ,, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा महिलाको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अथितिगृह सञ्चालन गरेको हो । रु बीस लाखमा निर्माण भएको भवनमा गाउँमा भित्र्ने पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको आमा...बाँकी अंश →

जनकपुरधाम, ३० फागुन ,, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने...बाँकी अंश →

जाजरकोट, ३० फागुन ,, विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् । कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: