१७ चैत २०८२

समाचार

आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट

काठमाडौँ, ३ चैत ,,  आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३...बाँकी अंश →


अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, ३ चैत ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार...बाँकी अंश →


सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

दाङ, ३ चैत ,,  दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिनुभयो । आइसियु,...बाँकी अंश →


पिनालेख पाटा हँुदै खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

मार्तडी, ३ चैत ,,  बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हँुदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास भएको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । लामो समयदेखि राजनीतिक विवाद र पहिरोका कारण सडक निर्माण...बाँकी अंश →


साहित्यकारको वनभोज

काठमाडौँ, ३ चैत ,, नेपाल स्रष्टा समाजले शनिबार साहित्यकारहरूका लागि वार्षिक वनभोजको कार्यक्रमको आयोजना ग¥यो । सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटे बीच रिसोर्टमा भएको सो कार्यक्रममा साहित्यका विभिन्न विधाका लेखक, कलाकार तथा पत्रकारको उपस्थिति थियो । कार्यक्रममा समाजका अध्यक्ष विधान आचार्य तथा उपाध्यक्ष डा गोविन्दमान सिंह कार्कीले लेखक तथा साहित्यकारहरूबीच हुने यस्ता...बाँकी अंश →


पन्ध्र सयलाई स्वरोजगार तालीम

तुलसीपुर, ३ चैत ,, नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो । नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक...बाँकी अंश →


समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती सङ्घ’

काठमाडौँ, ३ चैत ,,  नेपाल प्रहरी २४ सै घण्टा समाजसेवामा व्यस्त हुन्छन् । कतिपयलाई लाग्न सक्ला २४ सै घण्टा समाजसेवामा लाग्ने प्रहरीका श्रीमतीले कसरी दिन बिताउलान् ? तर, प्रहरीका श्रीमतीहरुले पनि सङ्घ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका...बाँकी अंश →


प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा

चितवन, ३ चैत ,, प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच...बाँकी अंश →


तमु भाषाको चलचित्र प्रदर्शन गरिने

पोखरा, ३ चैत ,,  स्टार्स स्टुडियो प्रालिको पर्दामा निर्मित तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ । जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । रोशन गुरुङको कथा एवं माओत्से गुरुङको पटकथा...बाँकी अंश →


रक्तदान

काठमाडौँ, ३ चैत ,,  ब्लड डोनर्स एशोसिएशन नेपालले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवद्र्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न...बाँकी अंश →


‘लगानी सम्मेलन परिणाममुखी हुने’

काठमाडौँ, २ चैत ,, मुलुकलाई समृद्ध बनाउन विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउनु पर्नेमा अर्थविद्ले जोड दिनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा वक्ताहरुले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनमा रु ३० खर्ब बैदेशिक लगानी भित्रिने र त्यसको परिचालनबाट नेपाल समृद्धिको मार्गमा लम्किने...बाँकी अंश →


जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको समस्या सुल्झाउन नयाँ कानून

काठमाडौँ, २ चैत ,, अधिकांश ठूला परियोजनाको साझा समस्याको रुपमा रहेको जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा अब स्पष्ट कानूनी व्यवस्था हुने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा आयोजना कार्यान्वयनमा देखिएका साझा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter