
सुर्खेत, ५ चैत ,, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताउनुभयो । “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई कर तिरेर...बाँकी अंश →

काठमाडौँ, ५ चैत ,, सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ...बाँकी अंश →
भीमदत्तनगर, ५ चैत ,, बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो । जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा...बाँकी अंश →

विराटनगर, ५ चैत ,, बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् ।...बाँकी अंश →

काठमाडौँ, ५ चैत ,, विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा...बाँकी अंश →

काठमाडौँ, ४ चैत ,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताउनुभएको छ । अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन (नुसान)ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उहाँले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभयो...बाँकी अंश →

भीमदत्तनदगर, ५ चैत ,, कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार...बाँकी अंश →
बैतडी, ५ चैत ,, बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले...बाँकी अंश →

राँझा, ५ चैत ,, सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले...बाँकी अंश →

बेइजिङ, ५ चैत ,, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताउनुभएको छ । चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहनुभएका खनालले नेपाल चियामा...बाँकी अंश →

काठमाडौँ, ५ चैत ,, संयुक्त अरब इमिरेट्स (युएई) मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् । अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य पदक जित्न सफल भए । सुस्मिलाई कांस्य नेपालकी सुस्मि...बाँकी अंश →

काठमाडाँै, ४ चैत ,, नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: