
परशुराम, ८ चैत ,, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेश सरकाले अझै धेरै कानून निर्माण गर्न नसकेको बताउनुभएको छ । उहाँले थुप्रै कानून बनी केही प्रकाशन भएको, केही माथि छलफल भइरहेको र केही संसद् सचिवालयमा दर्ता भइसकेको बताउनुभएको छ । बिहीबार नेपाल बार एशोसिएसन एकाइ डडेल्धुराको १०औँ जिल्ला...बाँकी अंश →

कञ्चनपुर, ८ चैत ,, जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा झलारीमा बिहीबार मनाइएको ५४औँ अन्तर्राराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका सहभागीले जोड दिएका हुन् । सुदूरपश्चिम प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग राज्यमन्त्री प्रकाश रावलले भित्री हृदयबाटै जातीय...बाँकी अंश →

खलङ्गा, ७ चैत ,, कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी...बाँकी अंश →

काठमाडौँ, ७ चैत ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई छबुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि...बाँकी अंश →

काठमाडौँ, ७ चैत ,, ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको...बाँकी अंश →

आज विहान ९बजे राष्ट्रपति विद्या देवी भण्डारी ले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष पदमा शमीम अंसारी लाई नियुक्त गरेकी छिन ।नियुक्ति सँगै प्रधान न्यायाधीश चौलेंद्र शमशेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका अध्यक्ष अंसारी जवालाखेल स्थित रहेको राष्ट्रिय मुस्लिम आयोगको कार्यालयमा प्रवेश गरेका छन। आयोगको सभा हालमा नवनियुक्त अध्यक्षलाई बधाई...बाँकी अंश →

काठमाडाँै, ७ चैत ,, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा...बाँकी अंश →
काठमाडौँ, ७ चैत ,, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।...बाँकी अंश →
चितवन, ७ चैत ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने...बाँकी अंश →

कावासोती, ७ चैत ,, नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको...बाँकी अंश →

सोलुखुम्बु, ७ चैत ,, सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई...बाँकी अंश →

काठमाडौँ, ७ चैत ,, राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: