
ललितपुर, १७ चैत ,, गोदावरी नगरपालिका वडा नं ३ टौखेलमा बहुउद्देशीय कबर्ड हल बन्ने भएको छ । नगरपालिकाको पहिचान तथा गौरव बढाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने उद्देश्यका साथ उक्त हल निर्माण हुन लागेको हो । टौखेल किटिनी माध्यमिक विद्यालयका नाममा रहेको २८ रोपनी जमीनको एक खाली भागमा...बाँकी अंश →

हेटौँडा, १७ चैत ,, हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताउनुभयो । “तीस देखि...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज यहाँ आयोजित कार्यक्रममा प्रदान गर्नुभएको छ । यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित प्रमाणपत्र छ...बाँकी अंश →

राँझा, १७ चैत ,, बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रुपान्तरण भएको छ । विसं २०७५ भदौ २२ गते नेपाल सरकार मन्त्रिपरिषद्ले बागेश्वरी क्याम्पसलगायत १० वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरे बमोजिम शुक्रबारदेखि बागेश्वरी बहुमुखी क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयको सातौं आङ्गिक क्याम्पसको रुपमा मान्यता पाएको हो ।...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो । प्रधानमन्त्री ओलीले...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ । नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो । नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसङ्घीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिता हुनुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई पहिलो वक्ताको रुपमा सम्बोधन गर्दै उहाँले विगत ६१ वर्षदेखि राष्ट्रसङ्घीय...बाँकी अंश →

भक्तपुर, १७ चैत ,, चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ जना खेलाडीहरुको...बाँकी अंश →

सुर्खेत, १७ चैत ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: