
भादगाउँ, १८ चैत ,, भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः (पोखरी) उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । प्रा डा श्रेष्ठले १२ औँ शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्,...बाँकी अंश →

वीरगञ्ज, १८ चैत ,, आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ...बाँकी अंश →

भक्तपुर, १८ चैत ,, नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ...बाँकी अंश →

काठमाडौँ, १८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।...बाँकी अंश →

धनुषा, १८ चैत ,, गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न...बाँकी अंश →

चितवन, १८ चैत ,, भूकम्पका कारण क्षति पुगेर लाभग्राहीको सूचीमा नपरेकाको लागि लक्षित गर्दै छुट तथा पुनःजाँच निरीक्षण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यक्रमअन्तर्गत आइतबारबाट जिल्लाका सबै तहमा १३ जना प्राविधिक कर्मचारी खटिएका हुन् । जसअन्तर्गत छुट तथा...बाँकी अंश →

तौलिहवा, १८ चैत ,, कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ...बाँकी अंश →
बागलुङ, १८ चैत ,, जिल्लाका ७९६ भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराउनेमा लगत सङ्कलनमै छुटेकादेखि सर्वेक्षण भए पनि लाभग्राहीमा पर्न नसकेकासम्म छन् । प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण गर्ने भएपछि गुनासा थप बढ्ने देखिएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाबाट ३११ ले गुनासा दर्ता...बाँकी अंश →

गोरखा, १८ चैत ,, गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले...बाँकी अंश →

काठमाडौँ, १७ चैत ,, नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट...बाँकी अंश →

ललितपुर, १७ चैत ,, गोदावरी नगरपालिका वडा नं ३ टौखेलमा बहुउद्देशीय कबर्ड हल बन्ने भएको छ । नगरपालिकाको पहिचान तथा गौरव बढाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने उद्देश्यका साथ उक्त हल निर्माण हुन लागेको हो । टौखेल किटिनी माध्यमिक विद्यालयका नाममा रहेको २८ रोपनी जमीनको एक खाली भागमा...बाँकी अंश →

हेटौँडा, १७ चैत ,, हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताउनुभयो । “तीस देखि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: