१६ चैत २०८२

समाचार

पत्रकार खड्काको खोजी गर्न टोली गठन

डोटी, १८ चैत ,, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ । खड्का बेपत्ता भएको करीब आठ महीना पुग्नै लाग्दा पनि उहाँको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो...बाँकी अंश →


प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

भद्रपुर, १८ चैत ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना...बाँकी अंश →


बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा

गोरखा १८, चैत ,,  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट...बाँकी अंश →


प्रभावकारी बन्दै २० किलो चामल कार्यक्रम

जुम्ला, १८ चैत ,, सरकारले कर्णालीवासीलाई जन्म र मरणमा निःशुल्क वितरण गर्दै आएको २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीले चामल लिन आएवापत ज्यालासमेत पाउने गरेका छन् । घोषणाताका अर्थात दुई वर्षअघि कार्यक्रम निकै आलोचना भएको र विवादमा समेत आएको थियो, तर पछिल्लो समय जन्म र मरणमा...बाँकी अंश →


‘हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने’

काठमाडौँ, १८ चैत ,,  भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताउनुभएको छ । उहाँले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिनुभयो । स्वर्गीयमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आइपुग्नुभएका नेता जोलीले युरोपले आफ्नो नागरिकको...बाँकी अंश →


ग्यास सिलिण्डर पड्किँदा चार घाइते

सर्लाही, १८ चैत ,,  हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् । बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग...बाँकी अंश →


घाइतेको उपचार गर्न आग्रह

काठमाडौँ, १८ चैत ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बारा र पर्साका विभिन्न क्षेत्रमा गए राति आएको हावाहुरीबाट पीडितलाई थप उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेको उपचार गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाइएको...बाँकी अंश →


कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

काठमाडौँ, १८ चैत ,, नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया सरकारले सन् २०१९ का...बाँकी अंश →


उद्धारमा जुट्न सभापति देउवाको आग्रह

काठमाडौँ, १८ चैत ,, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत हुनुभएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त...बाँकी अंश →


सफाइ अभियानमा ९२ वर्षीया मङ्गली

चिप्लेढुङ्गा, १८ चैत ,, पोखरा सुन्दर छ, सफा छ, घुम्न आउनेहरु भन्ने गर्छन् । शहर सफा राख्न र सुन्दरता जोगाउनुपर्छ भनेर हरेक हप्ता हातमा कुचो बोकेर सफा गर्न सडकमा निस्कने अभियानकर्मीको पनि कमी छैन । ‘सके सफा गरौँ, नसके फोहोर नगरौँ’ ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराकासाथ सडकमा...बाँकी अंश →


हरेक दिन नेपाल विकासको तीव्र गतिमा : प्रम ओली

दमक, १८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै...बाँकी अंश →


प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा

पोखरा, १८ चैत ,, नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter