०९ पुष २०८२

समाचार

घुस लिएको आरोपमा पक्राउ

भक्तपुर, १८ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले...बाँकी अंश →


प्रम ओली कलैया अस्पताल निरीक्षणमा

वीरगञ्ज, १८ चैत ,, प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो...बाँकी अंश →


प्रम हुरीबतास प्रभावित क्षेत्रमा ः राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन...बाँकी अंश →


घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौँ, १८ चैत ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन...बाँकी अंश →


दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

हुम्ला, १६ पुस ,,  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा...बाँकी अंश →


प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

काठमाडौँ, १८ चैत ,, आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको...बाँकी अंश →


महामन्त्री कोइरालाद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ चैत ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण बारा र पर्सामा धेरैको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उहाँहरुको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा...बाँकी अंश →


घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

काठमाडौँ, १८ चैत ,, आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री...बाँकी अंश →


विस्थापित परिवारलाई लालपूर्जा

रसुवा, १८ चैत ,,  विसं २०७२ वैशाख १२ को भूकम्पबाट विस्थापित तिरु र गोगनेका जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राहीलाई तिरुमा एकीकृत बस्ती विकास गरि पुनःस्थापना गरिने भएको छ । यसका लागि १०९ विस्थापित परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपूर्जा वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सांसद...बाँकी अंश →


क्षणभरमै खोसिएको खुसी

काठमाडौँ, १८ चैत ,, दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो...बाँकी अंश →


पत्रकार खड्काको खोजी गर्न टोली गठन

डोटी, १८ चैत ,, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ । खड्का बेपत्ता भएको करीब आठ महीना पुग्नै लाग्दा पनि उहाँको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो...बाँकी अंश →


प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

भद्रपुर, १८ चैत ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter