१६ चैत २०८२

समाचार

लोप हँुदै रैथाने जातका भैँसी

डोटी, २१ चैत ,,जिल्लाभरिमा कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले पहिले एउटै घरमा पाँच÷छ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी पनि देखिने गरेको सायल गाउँपालिकाका...बाँकी अंश →


झापाका ३० बाढीपीडितलाई घर

बनियानी, २१ चैत ,, झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि...बाँकी अंश →


पर्यटन प्रवद्र्धनमा जुटे चुप्लुङ खिजीवासी

चुप्लुङ (ओखलढुङ्गा), २१ चैत ,, प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको सङ्गम ओखलढुङ्गाको पिकेडाँडा आफँैमा पर्यटकीय आकर्षणको केन्द्रविन्दु हो । साहसिक पर्यटन तथा हिमशृङ्खलाको मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । पर्यटनको अथाह सम्भावना भएर पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर चुप्लुङ खिजी फलाटेका स्थानीय जुर्मुराएका छन्...बाँकी अंश →


स्तरीय शिक्षासँगै तीन वर्षमा तीन गुणा बढी विद्यार्थी

पोखरा, २१ चैत ,, अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै...बाँकी अंश →


उच्च शिक्षा लिँदै बुहारी

बर्दिवास, २१ चैत ,, उच्च शिक्षाको भोकले महोत्तरीको बर्दिवास–१२ बिजलपुराकी छोरी रीताकुमारी महतोलाई काखको दूधेबालक र स्वास्थ्यक्षेत्रको सरकारी सेवाले पनि छेकवार गरेन । रीता दूधेबालक छोरा दुई वर्षीय लवराज कुशवाहलाई काखमा च्यापेर नै स्नातकोत्तर तहको अध्ययनका लागि बर्दिवास जनता बहुमुखी क्याम्पस पुग्नुहुन्छ । “स्नातकोत्तर तहको अध्ययन गर्ने त पहिलेदेखि नै...बाँकी अंश →


भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

दमौली, २१ चैत ,, नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष...बाँकी अंश →


टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार

डल्लास, २१ चैत ,,अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई...बाँकी अंश →


घाइतेका लागि रक्तदान

काठमाडौँ, २१ चैत ,, बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि ८२ सन्तमहात्माका पदाधिकारी र भक्तजनले आज रक्तदान गरेका छन् । काठमाडौँमा उपचाररत बिरामीलाई रगतको अभाव भएको जानकारी पाएपछि नेपाल मानव धर्म सेवा समितिले आकस्मिक रक्तदानको अयोजना गरेको हो । “अस्पतालमा बिरामी रगत नपाएर ज्यान जान सक्ने अवस्था रहेकाले आकस्मिक रक्तदान...बाँकी अंश →


तीन दिन देशभर मौसम प्रभावित हुने

काठमाडौँ, २१ चैत ,, पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले...बाँकी अंश →


दुई बालकको मृत्यु

गौशाला, २१ चैत ,, महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा छ महीनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो । आफ्नी आमासँग आफ्नै घरमा सुतेका...बाँकी अंश →


लागुऔषधसहित तीन पक्राउ

हेटौँडा, २१ चैत  जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई आज सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले हेटौँडा–३ को तिनताप्के भन्ने स्थानबाट २१२ किलो गाँजा लोड गरिएको पिकअप गाडीसहित चालक र अर्को एक जनालाई नियन्त्रणमा लिएको जिप्रका मकवानपुरले जनाएको...बाँकी अंश →


तरकारी खेतीमा व्यस्त महिला

बाजुरा, २१ चैत ,, जिल्लाको विकट हिमाली गाउँपालिका–४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताउनुभयो । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उहाँले जानकारी गराउनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter