
पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको हो । वारा को पुरैनीनियामा हिजो शुक्रवार काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र...बाँकी अंश →
लन्डन, २२ चैत ,, बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि...बाँकी अंश →

काठमाडौँ, २२ चैत ,, सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले...बाँकी अंश →

सोल, २२ चैत ,, दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय...बाँकी अंश →

मेलम्ची, २२ चैत ,, सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो । सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने...बाँकी अंश →

वासिङ्टन, २२ चैत ,, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका...बाँकी अंश →

फिदिम, २२ चैत ,, पाँचथरको याङवरक गाउँपालिका–५ नागीका कृषक खड्गबहादुर लक्सम वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बिक्री गर्नुहुन्छ । उहाँको घर छेउमै सडक पुगेको छ । झापाको विर्तामोडका व्यापारी गाडी लिएर किबी खरीद गर्न उनको घरमै आइपुग्छन् । जम्मा एक पाटो बारीमा किबीको खेती गर्नुभएको लक्समले भन्नुभयो,...बाँकी अंश →

कास्की, २२ चैत ,, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताउनुभएको छ । खेलकूद पत्रकारमञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग...बाँकी अंश →

काठमाडौँ, २२ चैत ,,सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रछात्रालाई जनक खड्का छात्रवृत्ति कोषले सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिस्वरुप आज सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयमा मजदूरका छोराछोरी मात्र अध्ययन गरिरहेका प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिनुभयो । आर्थिक...बाँकी अंश →

वासिङ्टन, २२ चैत ,, अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका हुन् । उक्त प्रस्तावलाई राष्ट्रपतिले...बाँकी अंश →

काठमाडौँ, २२ चैत ,, अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै...बाँकी अंश →

सिन्धुली, २२ चैत ,, तराईका हावाहुरीपीडितलाई राहातस्वरुप रु १० लाख दिइने भएको छ । विपद् व्यवस्थापन समिति सिन्धुलीले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि सो सहयोग गर्ने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: