०८ पुष २०८२

समाचार

प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठनको तयारीमा

जेरुसेलम, २८ चैत ,, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थाल्नुभएको छ । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो । प्रधानमन्त्री नेतान्याहु अब मुलुकको इतिहासमै पहिलो पटक पाँचौं कार्यकालका रुपमा...बाँकी अंश →


अस्ट्रेलियामा मे १८ मा चुनाव

सिड्नी, २८ चैत ,, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नुभएको छ । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्षणहरुले देखाएका छन् । अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी...बाँकी अंश →


भारतमा लोकसभाको निर्वाचन शुरु

नयाँदिल्ली, २८ चैत ,, भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार हुनुहुन्छ । भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ । जनमत...बाँकी अंश →


नयाँ कार्यविधिबाट अपाङ्गता परिचयपत्र

पोखरा, २८ चैत ,,  संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहमा प्रदान गरिएका अधिकारलाई उपयोग गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै कार्यविधि तयार गरी अपाङ्गता परिचयपत्र वितरण थालेको छ । गाउँपालिकाले आफ्नै अपाङ्ग परिचयपत्र वितरण कार्यविधि तयार गरी त्यसैका आधारमा परिचयपत्र वितरण गर्न शुरु गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।...बाँकी अंश →


छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

लहान, २८ चैत,, चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो । टाउकोमा चिर्पट प्रहार...बाँकी अंश →


दुर्घटनामा पूर्वसांसदसहित एक बालकको मृत्यु

तम्घास, २८ चैत ,, गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् । धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । ६५ वर्षीय...बाँकी अंश →


ज्येष्ठ नागरिकलाई दाँत

बझाङ, २८ चैत ,,खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उहाँले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भन्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि उहाँले दाँत हाल्नसक्नु भएन...बाँकी अंश →


महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

बर्दिवास, २८ चैत ,, महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र...बाँकी अंश →


हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला

वालिङ, २८ चैत ,, हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको...बाँकी अंश →


मारवाडी महिलाले मनाए गणगौर पर्व

सप्तरी, २८ चैत ,, आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । गणगौर पर्वमा राजविराजसहित सप्तरीको हनुमाननगर,...बाँकी अंश →


नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ

काठमाडौँ, २८ चैत ,, नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् । सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको...बाँकी अंश →


कारको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, २८ चैत ,,मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter