
काठमाडौँ, २९ चैत,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया,...बाँकी अंश →

पाल्पा, २९ चैत ,,खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । खरका छाना...बाँकी अंश →

बेत्रावती, २९ चैत ,,टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६...बाँकी अंश →

काठमाडौँ, २८ चैत ,, सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी ती कार्यालयअन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी...बाँकी अंश →

ललितपुर, २८ चैत ,, मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो । बहिरङ्ग सेवा लिन दैनिक १५०...बाँकी अंश →

ब्रसेल्स, २८ चैत ,, युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियन (इयू)बाट बहिर्गमन (ब्रेक्जीट) का लागि अरु छ महिना समय थप गर्न सहमत भएका छन् । यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको बहिर्गमन हुँदा उत्पन्न हुन सक्ने अस्तव्यस्त स्थिति तत्कालका लागि टरेको छ । ब्रेक्जीटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर रातिसम्म...बाँकी अंश →

हेटौँडा, २८ चैत ,, प्रदेश नं ३ अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले विगत छ महीनादेखि तलब सुविधा पाएका छैनन् । यस प्रदेशअन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुखसहित त्यहाँका कर्मचारीले तलब सुविधा नपाउँदा पारिवारिक खर्च गर्न समस्या परेको कर्मचारीको गुनासो छ । सङ्घीय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले...बाँकी अंश →

सियोल, २८ चैत ,, दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ । संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको हो । विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिएको छ । बलात्कार,...बाँकी अंश →

लन्डन, २८ चैत ,, बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर...बाँकी अंश →

खलङ्गा, २८ चैत ,, जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो । गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन...बाँकी अंश →

खार्तुम, २८ चैत ,, गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन...बाँकी अंश →

कुन्दुज, २८ चैत ,, उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: