
फिदिम, २ वैशाख ,,नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उहाँका आफन्त सूर्य अधिकारीले जानकारी दिनुभयो । उहाँको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ । नेपालमै...बाँकी अंश →
चितवन, २ वैशाख ,, जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या,...बाँकी अंश →

गौशाला, २ वैशाख ,, बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै...बाँकी अंश →

बैतडी, २ वैशाख ,, खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् । सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका...बाँकी अंश →

गलकोट, २ वैशाख ,, बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ...बाँकी अंश →

राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन्...बाँकी अंश →

पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका...बाँकी अंश →

डोटी, २९ चैत ,, महिलाले नेतृत्व गरेका सहकारी संस्था पछिल्लो समय आम्दानीको स्रोत बन्दै गएका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय रोजगारसमेत हुन थालेका छन् । महिलाका सहकारी पछिल्लो समय नाफामुखीसमेत बन्दै गएका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी...बाँकी अंश →

काबुल, २९ चैत ,, अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको” उल्लेख छ । कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको...बाँकी अंश →

हेटौँडा, २९ चैत ,, प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक...बाँकी अंश →
घोराही, २९ चैत ,, समथर भू–भाग भएको दाङको बाटोसमेत प्रायः समथर क्षेत्रमै भए पनि दुर्घटना भने अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यहाँ अन्य जिल्लाको तुलनामा उच्च सवारी दुर्घटना हुने गरेको विभन्न तथ्याङ्कले समेत देखाएको छ । विशेषगरी ट्राफिक नियमको पालना नभएकै कारण अधिकांश दुर्घटना हुने गरेको प्रहरीको...बाँकी अंश →

क्वेटा, पाकिस्तान, २९ चैत ,, पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन्...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: