०८ पुष २०८२

समाचार

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

चितवन, ३ वैशाख,, भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते...बाँकी अंश →


विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा

डोल्पा, ३ वैशाख ,, हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन् । नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन् । विश्वमा दिनप्रतिदिन बढिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक...बाँकी अंश →


देशभर विद्यार्थी भर्ना अभियान शुरु

भक्तपुर, ३ वैशाख ,, ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी...बाँकी अंश →


ज्येष्ठ नागरिक स्वास्थ्य बीमा

नवलपरासी, २ वैशाख ,,पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै जेष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बीमा कार्यक्रम प्रभावकारी भएको छ । एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक रू ५० हजार बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ...बाँकी अंश →


विस्फोटमा सात बालबालिकाको मृत्यु

लाघमान, २ बैशाख,, अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ । यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गर्नु भएको छ ।...बाँकी अंश →


पोखरीमा डुबेर किशोरको मृत्यु

भरतपुर, २ वैशाख,,  पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए । उद्धार गरी उपचारका...बाँकी अंश →


क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

नवलपरासी, २ वैशाख ,,पश्चिम नवलपरासीको परासीस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी हँुदा उनीहरुको सहज बसोबासमा निकै कठिन भएको कारागारका जेलर जगतबहादुर बस्नेतले बताउनुभयो । पच्चीस महिला र १५० पुरुष गरी १७५ कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा...बाँकी अंश →


सुनसहित पक्राउ

लुम्बिनी, २ वैशाख ,, नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ । भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका...बाँकी अंश →


समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम...बाँकी अंश →


नेपालले मलेसियालाई हरायो

काठमाडौँ, २ वैशाख  मलेसियामा जारी आइसिसी १९ वर्षमुनि ९यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो...बाँकी अंश →


झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु

झारखण्ड, २ बैशाख ,,भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी...बाँकी अंश →


सिन्दुरले रंगियो मध्यपुर थिमि

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो । थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter