०८ पुष २०८२

समाचार

बसबाट खसेर बालकको मृत्यु

इनरुवा, ४ वैशाख ,, सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा...बाँकी अंश →


किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता

बनेपा, ४ वैशाख ,, प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो । प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत...बाँकी अंश →


ट्रकको ठक्करबाट एकको मृत्यु

भक्तपुर, ४ वैशाख ,, भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गए राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ...बाँकी अंश →


तीन महिनादेखि कार्यालय प्रमुखविहीन

हुम्ला, ४ वैशाख,, जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सरुवा भएको महीनाँै दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या...बाँकी अंश →


क्यासिनोको रु २८ करोड बक्यौता

काठमाडौँ, ३ वैशाख,, मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ । क्यासिनो ह्याप्पीआवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट रु १४...बाँकी अंश →


गोरखामा ४.५ रिक्टरको परकम्प

काठमाडौँ, ३ वैशाख ,, गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४.५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ को (७.६ रिक्टर स्केल) को...बाँकी अंश →


बाढीमा परी पाँचको मृृत्यु, सत्र बेपत्ता

हेरात, अफगानिस्तान ः ३ बैशाख,, अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना बेपत्ता भएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको यस भीषण बाढीमा परी...बाँकी अंश →


बाल बचत गर्दै राउटे बालबालिका

परशुरामधाम, ३ वैशाख ,, डडेल्धुराको परशुराम नगरपालिकामा रहेको राउटे समुदायका बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंँगै जङ्गली खाद्यवस्तु र जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेको आर्थिक विकासका लागि नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्तामध्ये केही यहाँस्थित सबैभन्दा ठूलो ‘शीर्ष...बाँकी अंश →


विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि

जेनेभा, ३ बैशाख ,, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि...बाँकी अंश →


मौरीपालनबाट मनग्य आम्दानी

दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ । बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं...बाँकी अंश →


नेपालले ओमनलाई हरायो

  काठमाडौँ, ३ वैशाख .,, आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना...बाँकी अंश →


नौ महीनामा २५ लाख राजश्व सङ्कलन

छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter