०८ पुष २०८२

समाचार

द्वन्द्वपीडितलाई सीपमूलक तालीम

सुर्खेत, ४ वैशाख  ,,  कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्वपीडितलाई सीप विकास तालीम दिने प्रक्रिया शुरु गरेको छ । चालू आर्थिक वर्षमा विनियोजित रु दुई करोड ५० लाख बजेटअन्तर्गत १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्ति तथा तिनका परिवारलाई सीपमूलक तालीम प्रदान गर्न लागिएको हो । मन्त्रालयका...बाँकी अंश →


भारतमा दोस्रो चरणको मतदान शुरु

असाम, भारत, ५ बैशाख ,,  भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ । आयोगका अनुसार, असाम (५ स्थान), बिहार (५ स्थान), छत्तीसगढ (३), जम्मु र काश्मिर (२),...बाँकी अंश →


अन्तरिक्षमा नेपालको सहभागिता गौरवको विषयः उपराष्ट्रपति

काठमाडौँ, ५ वैशाख ,,  उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उहाँले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले भू–उपग्रह...बाँकी अंश →


मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै

डोल्पा, ५ वैशाख ,,  त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा हुनुहुन्छ । उहाँ आठ वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड)नै भाँचिएपछि उहाँ थला पर्नुभएको हो । विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो ।...बाँकी अंश →


उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन, ५ वैशाख  ,, अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गर्नुभएका डा श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भक्तपुुर, ५ वैशाख  ,,  सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा आज एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नंको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर...बाँकी अंश →


जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

नयाँदिल्ली, ५ बैशाख ,,  भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ ।...बाँकी अंश →


विद्यार्थी भर्ना अभियान तीव्र

भीमदत्तनगर, ५ वैशाख,,  कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो । भीमदत्त नगरपालिकाको शिक्षा शाखाले पनि नगरपालिकाका १९ वटै वडामा उत्साहका साथ सामुदायिक विद्यालयका...बाँकी अंश →


जीप दुर्घटनामा चालकको मृत्यु

बेझाड, ५ वैशाख ,,  रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...बाँकी अंश →


छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

मुग्लिन, ५ वैशाख,,  चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई...बाँकी अंश →


वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” को तयारी अन्तिम चरणमा

वीरगंज ४ बैशाख । मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा यहि बैशाख ६ गते देखी वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” गर्ने भएको छ । सम्मेलन स्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन संयोजक अजिजुर्रहमान तुरबत मदनीले बैशाख ६,७ र ८ गते तीन दिने सम्मेलनको आयोजना गर्ने र सम्मेलनको तयारी अन्तिम...बाँकी अंश →


वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो

भद्रपुर, ४ वैशाख,,  जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ । झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter