०८ पुष २०८२

समाचार

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

खलङ्गा, ५ वैशाख ,, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु...बाँकी अंश →


बालिका बलात्कृत

गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पु¥याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा...बाँकी अंश →


विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

काठमाडौँ, ५ वैशाख ,,  आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा...बाँकी अंश →


जालमा परेर छ वटा गोही मरे

चितवन, ५ वैशाख ,,  चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती...बाँकी अंश →


उपत्यकामा बन्दको प्रभाव छैन’

काठमाडौँ, ५ वैशाख,, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौँ उपत्यकामा भने खासै प्रभाव परेको छैन । काठमाडौँ उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सवारी आवागमन सहज रहेको जानकारी दिनुभयो । “उपत्यकामा बन्दको प्रभाव छैन, यद्यपि विभिन्न नाकाबाट...बाँकी अंश →


चुनावकै बेला भारतमा थप दुई नक्सलवादी मारिए

दन्तेवाडा, भारत, ५ बैशाख  ,,  भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको...बाँकी अंश →


उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

सियोल, ५ बैशाख ,, उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गर्नुभएको जनाएको छ ।...बाँकी अंश →


घाइते सैनिकलाई काठमाडौँ पठाइयो

पोखरा, ५ वैशाख ,,   नेत्रविक्रम चन्द्र (बिप्लव) समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ । उहाँको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ...बाँकी अंश →


संस्थागत विद्यालय बन्द गराएर सामुदायिकमा विद्यार्थी भर्ना

सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ । केही सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उच्च रहँदारहँदै पनि अभिभावकले संस्थागत विद्यालयमै आफ्ना बालबालिकालाई भर्ना गराउँदै आएका छन् । महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा लैजाने अभिभावकको लहर बढेका बेला पाल्पाको पूर्वखोला गाउँपालिकामा सञ्चालित सबै संस्थागत विद्यालय सामुदायिकमा गाभिन...बाँकी अंश →


सवारी साधनमा आगजनी

हेटौँडा, ५ वैशाख ,,  विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँडा काठमाडौँ त्रिभुवन राजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको छ । यसैगरी हेटौँडाबाट भीमफेदी हँुदै थाहा नगरपालिकातर्फ गइरहेको...बाँकी अंश →


पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

क्वेटा, पाकिस्तान, ५ बैशाख  ,, पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिनुभयो । उहाँले...बाँकी अंश →


उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो । करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter