०८ पुष २०८२

समाचार

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, १० वैशाख ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ । कम्प्युटर अपरेटर केसीलाई आयोगको...बाँकी अंश →


सात लाख मूल्य बराबरको सामान बरामद

काठमाडौँ, १० वैशाख  ,,  नेपाल प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान बुटवलबाट काठमाडौँ आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा रु सात लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । महानगरीय...बाँकी अंश →


‘We should start change from ourselves’

Kathmandu, April 23   ,,,  Chief Minister of state-3, Dormani Poudel has said that we all should start change from ourselves. Inaugurating the 'National Young Scientist Conference-2076' organised by Ministry of Industry, Forest and Environment and Research Centre for Applied Science and Technology of the Tribhuvan University at Khumaltar-based National Trust...बाँकी अंश →


पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार

उर्लावारी, १० वैशाख   ,,,  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा...बाँकी अंश →


अझै सुध्रेन सीमान्तकृत चिडिमारको अवस्था

नेपालगञ्ज, १० वैशाख  ,,  मुलुकमा अनेक राजनीतिक प्रणाली फेरिए पनि नेपालगञ्जमा बसोवास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा वसोवास गर्ने यस समुदाय अहिले पनि परम्परागत ढङ्गबाटै जीवनयापन गर्दछन् । चरा मार्ने जाति भनेर चिनिने यो जाति सीमान्तकृत समुदायमा पर्छ...बाँकी अंश →


जीपको ठक्करबाट बृद्धाको मृत्यु

बेझाड, १० वैशाख ,, रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ । आज बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा...बाँकी अंश →


वन विज्ञान पढ्न २२ जिल्लाबाट विद्यार्थी

दमौली, १० वैशाख  ,,, तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् । शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट...बाँकी अंश →


प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

अहमदाबाद, गुजरात, १० बैशाख  ,,  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ...बाँकी अंश →


एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र

एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर...बाँकी अंश →


फिलिपिन्समा पुनः भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो

मनिला, १० बैशाख ,, m मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित...बाँकी अंश →


माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को...बाँकी अंश →


समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

काठमाडौँ, १० वैशाख  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter