०८ पुष २०८२

समाचार

श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई

कोलम्बो, ११ बैशाख  ,  श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले...बाँकी अंश →


काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ वैशाख  ,, नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रमुख सचेतक खाँणले उहाँको...बाँकी अंश →


नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

काठमाडौँ, ११ वैशाख  ,,  एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका लागि...बाँकी अंश →


राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ, ११ वैशाख ,, राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो...बाँकी अंश →


बस दुर्घटना : पाँचको मृत्यु, ३४ घाइते

डोटी, ११ वैशाख ,,  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज बिहान...बाँकी अंश →


२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

पटना, ११ वैशाख ,,  २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो...बाँकी अंश →


बाह्र वर्षपछि सडक विवाद मिल्यो

जाजरकोट, ११ वैशाख  ,,  निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् । सिंहसँगै सडक डिभिजन...बाँकी अंश →


बस दुर्घटनामा पाँच जनाको मृत्यु

डडेल्धुरा, ११ वैशाख  ,,  धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५.३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका...बाँकी अंश →


बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्की, ११ वैशाख  ,, पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति करीब ८ः४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...बाँकी अंश →


मोटरसाइकल दुर्घटनामा मृत्यु

इनरुवा, ११ वैशाख  ,,  पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले...बाँकी अंश →


भूकम्प

काठमाडौँ, ११ वैशाख ,,  धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी...बाँकी अंश →


विकास योजनाको अनुगमन

भक्तपुर, ११ वैशाख  ,,  सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter