१५ चैत २०८२

समाचार

मृत गैँडामध्ये १९ को हाडखोर मात्रै

चितवन, १२ वैशाख  ,,  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत...बाँकी अंश →


डिपार्टमेन्ट स्टोरबाट चोरी

सर्लाही, १२ वैशाख  ,,  सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर...बाँकी अंश →


कृषिमा होमिए विदेशबाट फर्केका युवा

सुरुङ्गा, ११ वैशाख ,,  वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृषि पेशामा संलग्न हुन थालेका हुन्...बाँकी अंश →


दक्षिण अफ्रिकामा ५१ जनाको मृत्यु

जोहानसबर्ग, ११ बैशाख ,,  दक्षिण अफ्रिकाकाे पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाकाे मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गर्नुभएको छ । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् । लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा...बाँकी अंश →


आठ करोडको हाराहारीमा पुस्तक बिक्री

पोखरा, ११ वैशाख ,,  जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ । चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच रु सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक...बाँकी अंश →


व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि बेइजिङ जाँदै

वासिङ्टन, ११ बैशाख  ,,  संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लाग्नुभएको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि...बाँकी अंश →


नेपालद्वारा मलेशिया पराजित

काठमाडौँ, ११ वैशाख  ,,  थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा...बाँकी अंश →


खुला दूध बिक्रीमा रोक

हेटौँडा, ११ वैशाख  ,  मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला...बाँकी अंश →


उत्तर कोरियाली नेता किम जङ–अन रुसको भ्लादिभोस्तकमा

भ्लादिभोस्तक, ११ वैशाख  ,,  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुग्नु भएको छ । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक...बाँकी अंश →


अवैध भरुवा बन्दुक नियन्त्रणमा

वालिङ, ११ वैशाख  ,,  स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो...बाँकी अंश →


ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

राजविराज, ११ वैशाख ,,  पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताउनुभयो । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण...बाँकी अंश →


एक वर्षमा १३३ सडक दुर्घटना

हेटौँडा, ११ वैशाख  ,,  मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter