१५ चैत २०८२

समाचार

महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा

काठमाडौँ, १२ वैशाख  ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र...बाँकी अंश →


थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

काठमाडौँ, १२ वैशाख ,,, थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो ।...बाँकी अंश →


एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु

भद्रपुर, १२ वैशाख  ,,  झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिनुभयो । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा...बाँकी अंश →


श्रीलङ्कामा पुनः बम बिस्फोट, मृत्यु हुनेको संख्या ३६० पुग्यो

कोलम्बो, १२ बैशाख   ,, श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च)मा भएका...बाँकी अंश →


रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता

भ्लादिभोस्तक, १२ बैशाख  ,,  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । उहाँलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषा सहित स्वागत...बाँकी अंश →


सामुदायिक विद्यालयप्रति आकर्षण

रुकुमपूर्व, १२ वैशाख  ,,  सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ । सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो । प्रशस्त कक्षा कोठा, विद्यालय...बाँकी अंश →


‘एक घर एक धारा’ आयोजना सञ्चालन

बेनी, १२ वैशाख  ,, म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा...बाँकी अंश →


पहिलो अन्तरिक्ष यात्रीको शालिक अनावरण

काठमाडौँ, १२ वैशाख  ,,  काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको...बाँकी अंश →


चोरीको दुई मोटरसाइकलसहित पक्राऊ

गौशाला, १२ वैशाख  ,, महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प...बाँकी अंश →


पर्यटनसँग जोडिँदै मह शिकार

बागलुङ, १२ वैशाख ,,  परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट...बाँकी अंश →


चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

काठमाडौँ, १२ वैशाख  ,,  भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको...बाँकी अंश →


गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

हुम्ला, १२ वैशाख  ,,   स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter