
बेइजिङ, १३ बैशाख ,, जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताउनुभएको छ । युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् । यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ ।...बाँकी अंश →

बेइजिङ, १३ वैशाख ,, राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका...बाँकी अंश →

लहान, १३ वैशाख ,, आगामा जलेर गम्भीर घाइते भएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई थप उपचारको लागि आज काठमाडौँ लगिएको छ । आफ्नै घरमा बिहीबार जलेर घाइते भएकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी अस्पताल पु¥याएको थियो । आगोले कञ्चनको शरीर करीब ८० प्रतिशत भाग जलेको प्रहरीले...बाँकी अंश →

रियो डे जेनेरो ,, ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका...बाँकी अंश →

महोत्तरी, १३ वैशाख ,, गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि...बाँकी अंश →
ललितपुर, १३ वैशाख ,, प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा...बाँकी अंश →

तम्घास, १३ वैशाख ,, गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो । स्थानीयवासीले उक्त पानी...बाँकी अंश →

भ्लादिभोस्तक, १३ बैशाख ,, उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम...बाँकी अंश →

बेझाड, १३ वैशाख ,, निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ...बाँकी अंश →

टोकियो, १३ बैशाख ,, जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको...बाँकी अंश →
बनियानी, १३ वैशाख ,, दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नं को गाडीले...बाँकी अंश →
कञ्चनपुर, १३ वैशाख ,, कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । करेन्टले झड्का दिँदा सोही घरका ५५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: