
लहान, १३ वैशाख ,, आगामा जलेर गम्भीर घाइते भएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई थप उपचारको लागि आज काठमाडौँ लगिएको छ । आफ्नै घरमा बिहीबार जलेर घाइते भएकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी अस्पताल पु¥याएको थियो । आगोले कञ्चनको शरीर करीब ८० प्रतिशत भाग जलेको प्रहरीले...बाँकी अंश →

रियो डे जेनेरो ,, ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका...बाँकी अंश →

महोत्तरी, १३ वैशाख ,, गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि...बाँकी अंश →
ललितपुर, १३ वैशाख ,, प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा...बाँकी अंश →

तम्घास, १३ वैशाख ,, गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो । स्थानीयवासीले उक्त पानी...बाँकी अंश →

भ्लादिभोस्तक, १३ बैशाख ,, उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम...बाँकी अंश →

बेझाड, १३ वैशाख ,, निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ...बाँकी अंश →

टोकियो, १३ बैशाख ,, जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको...बाँकी अंश →
बनियानी, १३ वैशाख ,, दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नं को गाडीले...बाँकी अंश →
कञ्चनपुर, १३ वैशाख ,, कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । करेन्टले झड्का दिँदा सोही घरका ५५...बाँकी अंश →

गोरखा, १३ वैशाख ,, सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ । भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज विहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गर्नुभयो । “दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उहाँले...बाँकी अंश →

चितवन, १३ वैशाख ,, महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: