
काठमाडौँ, १६ वैशाख ,, नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ...बाँकी अंश →

कोलोम्बो, १६ बैशाख ,, गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाइ सोमबारबाट लागू हुने...बाँकी अंश →

हेटौँडा, १६ वैशाख ,, नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ । हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत...बाँकी अंश →

काठमाडौँ, १६ वैशाख ,, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मेलमिलापमार्फत विवादको समाधान गर्दा दुवै पक्षबीच सम्बन्ध सुधार गर्नुका साथै न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । मेलमिलापकर्ताको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गदै उहाँले विवादको निरुपण गर्दा छोटो समय, कम खर्चमा हुने भएकाले मेल मेलमिलाप पद्धतिलाई जोड दिनुपर्ने...बाँकी अंश →

इलाम, १६ वैशाख ,, चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ । विशेष गरी चैत महिनापछि वैशाखको पहिलो सातासम्मको चियालाई ‘फस्ट फ्लस’...बाँकी अंश →

अछाम, १६ वैशाख ,, बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ । नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी...बाँकी अंश →

भक्तपुर, १६ वैशाख ,, सांसद महेश बस्नेतले भक्तपुरमा विगत डेढवर्षको अन्तरालमा विकासको काम तीव्र रुपले अघि बढेको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–१ र ४ जोड्ने चरखण्डी खोलाको पुलको आज उद्घाटन गर्दै उहाँले भक्तपुरको विकास निर्माणका लागि आएको कुनै पनि बजेट नरोकिने गरी विकासका कामलाई पूर्णता दिने काम भइरहेको छ भन्नुभयो...बाँकी अंश →

लहान, १६ वैशाख ,, सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्वक औषधि अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य भएका छन् । विगत ६ महीनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा...बाँकी अंश →

जाकार्ता , १६ बैशाख ,, इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १...बाँकी अंश →

रत्ननगर, १६ वैशाख ,, चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको...बाँकी अंश →

गलेश्वर १६ वैशाख ,, मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ । स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा...बाँकी अंश →

लमही, १६ वैशाख ,, आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: