०७ पुष २०८२

समाचार

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस, १७ बैशाख ,,  अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ । अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले हालैमात्र धर्म परिवर्तन गरी...बाँकी अंश →


खजुरामा चार लेन सडक निर्माण शुरु

नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले आइतबारबाट...बाँकी अंश →


फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका यादव निर्वाचित हुनुभएको हो...बाँकी अंश →


प्रदेशसभा सदस्यलाई अपाङ्गको मागपत्र

मेरुदण्डीय पक्षघात समूह नेपालले प्रदेशसभा सदस्यलाई मागपत्र बुझाएका हुन् । गोकर्णेश्वर नगरपालिका–८ मा रहेकोे उक्त समूहले ३ नं प्रदेशसभा सदस्य छिरिङ लामालाई भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट उपलब्ध गराइदिन भन्दै मागपत्र बुझाएका हुन् । सोमबार गोकर्णेश्वर नगरपालिका– ८ मा रहेको मेरुदण्डीय पक्षघात समूह नेपालको कार्यालय पुग्नुभएका पुगेका प्रदेशसभा सदस्य...बाँकी अंश →


विद्यालय समायोजन

जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ । सीता मावि राराको साविकको संरचना...बाँकी अंश →


ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी

तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्नुहुन्न । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उहाँ अपाङ्ग हुनुभएको थियो । त्यसयता उहाँ ह्विलचियरको सहाराले हिँड्डुल गर्नुहुन्छ । मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उहाँलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना...बाँकी अंश →


गैँडाको आक्रमणबाट मृत्यु

चितवन, १७ वैशाख ,,  भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको...बाँकी अंश →


मोटरेबल पुल अलपत्र, जोखिम मोलेर काठेपुल वारपार

ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो । लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । पुल नबन्दा सदरमुकाम दुनै तथा उपल्लो...बाँकी अंश →


बलात्कारको आरोपमा पक्राउ

चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो । घरमा कोही नभएको मौका...बाँकी अंश →


सडक धुलाम्य हुँदा जनतालाई सास्ती

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो । सुदूरपश्चिम प्रदेशसभाको बैठकको विशेष समयमा...बाँकी अंश →


पश्चिमसेती नबन्दा निराशा

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो । स्थानीय टेकबहादुर रोकायाले भन्नुभयो, “पश्चिमसेती बन्छ भनेर हामीलाई खाली...बाँकी अंश →


शिक्षा प्रणाली सुधार गर्नुपर्ने

प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली देशको आवश्यकताअनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter