
हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो । पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →

नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको...बाँकी अंश →

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन्...बाँकी अंश →

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते...बाँकी अंश →

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभएको छ । ल्हासाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका...बाँकी अंश →

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि रासससँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यकालीन नेपालको कालीगढी नमूना मकवानपुरगढी...बाँकी अंश →

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिनुभयो । नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा...बाँकी अंश →

काठमाडौँ, १७ वैशाख ,, वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । समितिले गत...बाँकी अंश →

काठमाडौँ, १७ वैशाख (रासस) ः एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।...बाँकी अंश →

२५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस पटक जेठ ४ गते परेको बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले विभिन्न समिति गठन गरेर तयारी थालेको हो । बुद्ध जयन्तीको तयारीका लागि...बाँकी अंश →

काठमाडौँ, १७ वैशाख ,, नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख...बाँकी अंश →

वीरगञ्ज, १७ वैशाख ,, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: