१३ चैत २०८२

समाचार

अब्बल सामुदायिक विद्यालय

घोराही, २० वैशाख ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि र शिक्षण सिकाइमा सुधार आउन थालेपछि संस्थागत विद्यालय छाडेर सामुदायिक...बाँकी अंश →


राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

गलेश्वर, २० वैशाख ,, पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।...बाँकी अंश →


निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

रामपुर, २० वैशाख ,,  पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर...बाँकी अंश →


सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

काठमाडौँ, २० वैशाख ,,  सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।...बाँकी अंश →


स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

पोखरा, २० वैशाख  ,, स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा...बाँकी अंश →


कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि : मन्त्री केसी

सुर्खेत, २० वैशाख ,,  कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले...बाँकी अंश →


उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्

गाईघाट, २० वैशाख ,, उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रमा मात्र अहिले दुई...बाँकी अंश →


सुरक्षित सुत्केरी अभियान

जुम्ला, १९ वैशाख ,,  चन्दननाथ नगरपालिकाले सुरक्षित रुपमा सुत्केरी गराउन जनचेतना अभियान सुरु गरेकोे छ । नगरपालिकाले अस्पतालमै सुत्केरी गराउनुपर्ने, चार पटक गर्भजाँच गर्ने र संस्थागत स्वास्थ्यकर्मीको सल्लाह सुझावका लागि जनचेतना अभियान शुरु गरेको हो । चन्दननाथ नगरपालिकाको आयोजना र ब्रेक थ्रो एक्सनको सहयोगमा संस्थागत सुत्केरीका विषयमा अभियान सञ्चालन गरिएको...बाँकी अंश →


श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास

श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो । चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो...बाँकी अंश →


कृषक समूहलाई हाते ट्र्याक्टर

दमौली, १९ वैशाख ,,  तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो । खेतबारी जोत्न सहज हुने र श्रम लागत घटाउने उद्देश्यसहित रु ६५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा...बाँकी अंश →


प्रदेशसभाको बैठक स्थगित

विराटनगर, १९ वैशाख ,, प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाको वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले...बाँकी अंश →


राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

काठमाडौँ, १९ वैशाख  ,, संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केवशकुमार विष्टले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter