
काठमाडौँ, २२ वैशाख ,, लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ...बाँकी अंश →

नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्र्थीबाट चर्को शुल्क लिने गरेका छन् । पटक÷पटक जिल्लाका सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन । यस वर्षको शैक्षिक शत्र शुरु भएसँगै...बाँकी अंश →

ललितपुर, २० वैशाख ,, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने भएको छ । हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ । यही वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर...बाँकी अंश →
काठमाडौँ, २० वैशाख ,, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति...बाँकी अंश →

काठमाडौँ, २० वैशाख ,, प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनःकाठमाडौँ फर्किएको...बाँकी अंश →

लमजुङ, २० वैशाख ९रासस० ः विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ । शीरमा सेतो हिमाल । मध्य माग जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको घलेगाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको छ यो गाउँ । जिल्लाको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ क्होलासोथर गाउँपालिका...बाँकी अंश →

चितवन, २० वैशाख ,, दुई देशका स्कूले विद्यार्थीमा आ– आफ्नो देशको कला संस्कृति रहनसहन आदानप्रदान गराउने उद्देश्यले यहाँको लिटिल फ्लावर स्कूल र भारतको केरलामा रहेको लिटिल फ्लावर स्कूलबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।दुवै विद्यालयका विद्यार्थीले साथी बनाएर एकले अर्को देशमा गएर त्यहाँको साथीसँग घरमै बसेर संस्कृति आदानप्रदान गर्नाका साथै...बाँकी अंश →

काठमाडौँ, २० वैशाख ,, नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै...बाँकी अंश →

काठमाडौँ, २० वैशाख ,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो । उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम...बाँकी अंश →

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताउनुभयो । समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति...बाँकी अंश →

बनेपा, २० वैशाख ,, बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”,...बाँकी अंश →

कराँची, २० बैशाख ,, पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताउनुभयो । उहाँले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: