
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिनु भएको छ । गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ । गाजा पट्टिमा रहेका आतङ्ककारी तत्व भीषण रुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताउनु...बाँकी अंश →

काठमाडौँ, २२ वैशाख ,, राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नुन बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा...बाँकी अंश →

सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो । एक हजार ८०० मिटर लामो र...बाँकी अंश →

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं...बाँकी अंश →

ललितपुर, २२ वैशाख ,, ललितपुर महानगरपालिकाले आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारको पर्यटक शौचालय क्षेत्र नजीकै पानी जम्मा गर्ने (रिजर्भ टयांकी) निर्माण गर्ने भएको छ । उक्त ट्यांकीबाट काठमाडौँ उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा पानीको उपभोग गर्ने सुविधा पाउनेछन् । महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको रु १० करोडमध्ये...बाँकी अंश →

जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउनुहुन्छ । उहाँले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने ¥याक, मुडालगायत थुप्रै सामग्री तयार पार्नुहुन्छ । योङ्याले बनाइएका सामग्रीले भने बजार नपाउँदा भने सामग्री बनाउन नै छाड्नुभएको छ । उहाँ भन्नुहुन्छ– “सुरु–सुरुमा धेरै सामग्री बनाइयो बिक्री समेत भएन्...बाँकी अंश →

बनियानी, २२ वैशाख , झापाका पाँच सामुदायिक विद्यायलमा यसै शैक्षिक सत्र २०७६देखि विभिन्न प्राविधिक विषयमा अध्यापन हुने भएको छ ।सरकारको ‘एक स्थानीय तह एक प्राविधिक शिक्षा’ नीतिअन्तर्गत यहाँका पाँच सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यापन हुन लागेको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयनारायण महतले जानकारी दिनुभयो । प्राविधिक विषयमा...बाँकी अंश →

श्रीनगर, भारत नियन्त्रित काश्मिर, २२ वैशाख ,, अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उहाँमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या...बाँकी अंश →

रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो ।...बाँकी अंश →

दाङ, २२ वैशाख ,, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत जिल्लाका...बाँकी अंश →

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास...बाँकी अंश →

बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: