
खार्तुम, २३ जेठ ,, सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको...बाँकी अंश →

लम्की, २३ जेठ ,, कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ...बाँकी अंश →

काठमाडौँ, २३ जेठ ,, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो । बैठकमा उहाँहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयका...बाँकी अंश →

लमजुङ, २३ जेठ,, चीन सरकारले रु ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो । आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर...बाँकी अंश →

पोखरा, २३ जेठ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै...बाँकी अंश →

मनाङ, २३ जेठ,, अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक...बाँकी अंश →

ओखलढुङ्गा, २३ जेठ,, सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य...बाँकी अंश →

अत्तरिया, २३ जेठ ,, एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका...बाँकी अंश →

काठमाडौँ महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो । विभिन्न छ चरणमा विभाजन गरिएको...बाँकी अंश →

लोकसेवा आयोगले जारी गरेको विज्ञापन संविधानप्रदत्त नरहेको भनाई नेपाल संघीय समाजवादी पार्टीको छ । पार्टी अध्यक्ष रिजवान अंसारि द्वारा जारी गरिएको विज्ञप्ति मा लेखिएको छ ।“ लोकसेवा आयोगको मधेशी दलित आदिवासी जनजाति मुस्लिम थारू लाई संविधानप्रदत्त समावेशी अधिकार बाट बञ्चित गराउने उक्त खतरनाक षड्यंत्रपूर्ण विज्ञापन नीति अथवा नियतको हामी घोर...बाँकी अंश →

चितवन, १९ जेठ ,, नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने...बाँकी अंश →

काठमाडौँ, १९ जेठ ,, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: