१३ चैत २०८२

समाचार

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार

काठमाडौँ, २४ जेठ  प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् । पुलिसले...बाँकी अंश →


तातोपानीको रेन्बो ट्राउट व्यवसाय

गलेश्वर, २४ जेठ  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।...बाँकी अंश →


जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा

तुलसीपुर, २४ जेठ  ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र...बाँकी अंश →


शहीदको नाममा छात्रवृत्ति प्रदान

भक्तपुर, २४ जेठ   ,,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ । आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश...बाँकी अंश →


बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

राजापुर, २४ जेठ   ,,  बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण...बाँकी अंश →


हाजी हरुलाइ दुखदिने काम नगरौ

हज समितिलाइ मेरो आग्रह छ तपाइ हरुले के कारण को लागी पुन हजयात्री हरु सङ्ग पाच हजार माग्नु भएको हो त्यो प्रष्ट पार्नु पर्थ्यो। अहिले सम्म हाजी हरुले बुझाएको पैसा कहा कहा खर्च भयो त्यो सहितको परिपत्र किन गरिएन? के आधार ले हाजी हरुले पैसा जम्मा गर्ने। नेपाल सरकार बाट...बाँकी अंश →


प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो । शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम मोटरमार्ग, नाला, सिँढी,...बाँकी अंश →


गोर्खा मुस्लिम समुदायद्वारा भब्यताका साथ इद कार्यक्रम सम्पन्न

२२ जेष्ठ २०७६  सिरानचोक गाउँपालिका, गोर्खा मुस्लिम समुदायद्वारा भब्यताका साथ इद मनाउनुको साथै एक आपसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।। इदुल फित्र २०७६ को पावन अवसरमा गोर्खा सिरानचोक गाउँपालिका स्थित मकुन्डाडा का मुस्लिम समुदायले पछिल्लो बर्ष जस्तै यस बर्षको इद पनि भब्यताका साथ मनाएका छन । ईस्लाम धर्मावलम्बीहरुको एक...बाँकी अंश →


इजिप्टमा १४ जना आतङ्की मारिए

कायरो, २३ जेठ  ,,  इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त...बाँकी अंश →


एक हजारको आँखाको शल्यक्रिया

लम्की, २३ जेठ  कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार...बाँकी अंश →


पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर, २३ जेठ  ,,  पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल...बाँकी अंश →


अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

नैरोबी, २३ जेठ  ,,   संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ । राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताउनुभयो । अफ्रिकाका यी देशका कतिपय भेगमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter