०७ पुष २०८२

समाचार

जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

पाल्पा, २६ जेठ   ,,  पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा...बाँकी अंश →


हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति

बैतडी, २६ जेठ  ,,  शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन...बाँकी अंश →


लोकसेवा आयोगमा समावेशी बिषयक अन्तरकिर्या सम्पन्न

आज नेपाल ल क्याम्पसमा Yes Together We Can द्वारा आयोजित #लोकसेवामा_समावेशि भन्ने विषयक अन्तरक्रिया सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित रहेका पूर्वमन्त्री समेत रहेका माननीय अधिवक्ता अकबाल अहमद ज्युले राज्यको शासन व्यवस्थाको प्रतिनिधि गरिरहेका वर्गको निकै अनुभवमा आधारित कुराहरू राख्नु भयो । संघीयता लाई नै...बाँकी अंश →


कृषि औजार वितरण

रुकुमपश्चिम, २४ जेठ   ,,  कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि चौरजहारी र सानीभेरी गाउँपालिकाले कृषकलाई कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी र तरकारीको बीउ जोनले ती गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० लाख मूल्य बराबरका कृषि औजार वितरण गरेको हो । वितरण गरिएका...बाँकी अंश →


चट्याङले मकवानपुरमा दुई घाइते

आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि...बाँकी अंश →


उपत्यकामा आइतबार सार्वजनिक बिदा

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बाँकी अंश →


यार्सागुम्बा सङ्कलकको मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो । डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय...बाँकी अंश →


वित्तीय बीमा एक्स्पो शुरु

स्याङ्जा, २४ जेठ  ,,  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन ।” गभर्नर डा नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता...बाँकी अंश →


उच्च आर्थिक वृद्धिका लागि लगानी र उत्पादकत्व बढाउनु जरुरी

काठमाडौँ, २४ जेठ   ,,  मुलुकमा सामाजिक न्यायसहितको दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न लगानी तथा उत्पादकत्व बढाउनु जरुरी देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न आर्थिक समृद्धिको योजना अघि सारेको मुलुकका लागि बिहीबार सार्वजनिक विश्व बैंकको ‘नेपाल डेभलभमेन्ट अपडेट’मासमेत सोही विषयलाई प्रमुख प्राथमिकताका साथ...बाँकी अंश →


तरकारीमा विषादीको जथाभावी प्रयोग

जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् । छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् । जलजला–८ फर्सेका अगुवा किसान...बाँकी अंश →


धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन...बाँकी अंश →


बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

लण्डन, २४ जेठ   ,,   बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter