
लमजुङ, २६ जेठ ,, गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको...बाँकी अंश →

कास्की, २६ जेठ ,, कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी...बाँकी अंश →

पाल्पा, २६ जेठ ,, पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा...बाँकी अंश →

बैतडी, २६ जेठ ,, शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन...बाँकी अंश →

आज नेपाल ल क्याम्पसमा Yes Together We Can द्वारा आयोजित #लोकसेवामा_समावेशि भन्ने विषयक अन्तरक्रिया सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित रहेका पूर्वमन्त्री समेत रहेका माननीय अधिवक्ता अकबाल अहमद ज्युले राज्यको शासन व्यवस्थाको प्रतिनिधि गरिरहेका वर्गको निकै अनुभवमा आधारित कुराहरू राख्नु भयो । संघीयता लाई नै...बाँकी अंश →

रुकुमपश्चिम, २४ जेठ ,, कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि चौरजहारी र सानीभेरी गाउँपालिकाले कृषकलाई कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी र तरकारीको बीउ जोनले ती गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० लाख मूल्य बराबरका कृषि औजार वितरण गरेको हो । वितरण गरिएका...बाँकी अंश →

आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि...बाँकी अंश →

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बाँकी अंश →

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो । डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय...बाँकी अंश →
स्याङ्जा, २४ जेठ ,, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन ।” गभर्नर डा नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता...बाँकी अंश →
काठमाडौँ, २४ जेठ ,, मुलुकमा सामाजिक न्यायसहितको दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न लगानी तथा उत्पादकत्व बढाउनु जरुरी देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न आर्थिक समृद्धिको योजना अघि सारेको मुलुकका लागि बिहीबार सार्वजनिक विश्व बैंकको ‘नेपाल डेभलभमेन्ट अपडेट’मासमेत सोही विषयलाई प्रमुख प्राथमिकताका साथ...बाँकी अंश →

जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् । छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् । जलजला–८ फर्सेका अगुवा किसान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: