१३ चैत २०८२

समाचार

अफगानिस्तानको फराहमा भिडन्त

फराह, २६ जेठ   ,,   अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते...बाँकी अंश →


बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

बाँके, २६ जेठ  ,,  सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको...बाँकी अंश →


शान्ति सुरक्षा अभियान प्रारम्भ

वीरेन्द्रनगर, २६ जेठ  ,,  कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित...बाँकी अंश →


पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

कोलकाता, २६ जेठ   ,,  भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना...बाँकी अंश →


हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै

हेटौंडा, २६ जेठ  ,,  हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो । उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले...बाँकी अंश →


भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर, २६ जेठ  ,,   बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १०...बाँकी अंश →


मन्त्रीहरुद्वारा सरसफाइ

काठमाडौँ, २६ जेठ  ,,  विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा...बाँकी अंश →


विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर, २६ जेठ   ,,  हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युत्का संरचनामा व्यापक क्षति पुगेको छ । हावाहुरीका कारण विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ । हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको केन्द्रका...बाँकी अंश →


सभा भवन अलपत्र

रसुवा, २६ जेठ   ,,   सभा÷सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ ।विसं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा काठपातसमेत हराउँदै गएको र भित्री भागमा पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताए । उक्त भवनमा...बाँकी अंश →


प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ  : प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी...बाँकी अंश →


वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

परासी, २६ जेठ ,,  पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता...बाँकी अंश →


विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ ः राष्ट्रपति

काठमाडौँ, २६ जेठ  ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter