१३ चैत २०८२

समाचार

दलित बालबालिका छात्रवृत्तिबाट वञ्चित

लहान, २७ जेठ  ,,  सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् । गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त...बाँकी अंश →


महानगरपालिका बनाउने गति सुस्त

नेपालगञ्ज, २७ जेठ  ,,  नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको...बाँकी अंश →


राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, २७ जेठ  ,,  राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले...बाँकी अंश →


स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्

चितवन, २७ जेठ   ,,  डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र...बाँकी अंश →


उग्रतारा मेलौली सडक कालोपत्र

डडेल्धुरा, २७ जेठ  ,,  निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल रु १२ करोड ४५ लाखको लागतमा कालापत्रे...बाँकी अंश →


चार दिनदेखि नगरपालिकामा तालाबन्दी

बाजुरा, २७ जेठ  ,,  जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड...बाँकी अंश →


चितवनमा ९० किलो गाँजा बरामद

मुग्लिन, २७ जेठ  ,,  चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।...बाँकी अंश →


मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

रुकुमपश्चिम, २७ जेठ  ,,   मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई यौनका...बाँकी अंश →


दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने

काठमाडौँ, २७ जेठ  ,,   नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष...बाँकी अंश →


रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

चितवन, २७ जेठ   ,,   पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित...बाँकी अंश →


हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

भीमदत्तनगर, २७ जेठ   ,,  तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका...बाँकी अंश →


गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter