०६ पुष २०८२

समाचार

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

ललितपुर, २७ जेठ  ,,  नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार...बाँकी अंश →


बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद

काठमाडौँ, २७ जेठ  ,,  राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश...बाँकी अंश →


मनसुन एक साता ढिलो भित्रिने

काठमाडौँ, २७ जेठ   ,,  यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।”...बाँकी अंश →


मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित

काठमाडौँ, २७ जेठ  ,,  अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधानबमोजिम गरिएको...बाँकी अंश →


कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

नूरसुल्तान, २७ जेठ    ,,   कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गर्नुभएको थियो । पूर्वराष्ट्रपति समेत...बाँकी अंश →


लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

टोकियो, २७ जेठ    ,,   जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले...बाँकी अंश →


सदरमुकाममै खानेपानीको हाहाकार

बाजुरा, २७ जेठ   ,,  जिल्ला सदरमुकाम मार्तडीमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । बडिमालिका नगरपालिकाले खानेपानी समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको हो । खानेपानीको हाहाकार भएपछि सदरमुकाम मार्तडीमा बसोबास गर्ने करीब १७ हजारभन्दा बढी जनसङ्ख्या शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका छन्् । बडिमालिका नगरपालिकाले...बाँकी अंश →


रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

खोटाङ, २७ जेठ  ,,  पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो आयोजना शुरु गरिएको होे । कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण...बाँकी अंश →


एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

म्याग्दी, २७ जेठ   ,,  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र...बाँकी अंश →


नाइजेरियामा छ हजार शिक्षक आवश्यक

लेगोस, २७ जेठ   ,,  नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन (एनयूटी) का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले...बाँकी अंश →


दलित बालबालिका छात्रवृत्तिबाट वञ्चित

लहान, २७ जेठ  ,,  सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् । गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त...बाँकी अंश →


महानगरपालिका बनाउने गति सुस्त

नेपालगञ्ज, २७ जेठ  ,,  नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter