
साँखु, २८ जेठ ,, चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही...बाँकी अंश →

सिञ्जा, २८ जेठ ,, कनकासुन्दरी गाउँपालिका ४,५,६, वडाका पाँच हजार मुरी धान खेतीमा प्रयोग हुने पानी कुलो बन्द भएकामा ढडारो मस्टोका धामी मुक्तिप्रसाद उपाध्यायले रु एक लाख सहयोग गरेपछि पुनः सञ्चालनमा आएको छ । स्थानीय सरकार र त्यहाँका अगुवाले मार्सी धान रोप्ने याम जाने बेलासम्म पनि कुलो नबनाउँदा आफूलाई असह्य...बाँकी अंश →

काठमाडौँ, २८ जेठ ,, ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै...बाँकी अंश →

सुर्खेत, २८ जेठ ,, एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा सामाजिक कुरीतिले समाज विकासमा पार्ने प्रभावलाई चलचित्र ‘अधुरो’ पर्दामा उतारिएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यसको गीत र ‘ट्रिजर’ सोमबार सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार...बाँकी अंश →

गलेश्वर, २८ जेठ ,, म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गर्नुभएको हो । भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई...बाँकी अंश →
काठमाडौँ, २८ जेठ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले...बाँकी अंश →

विराटनगर, २७ जेठ ,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो घोषणा गर्नुभएको हो । मुख्यमन्त्री...बाँकी अंश →

काठमाडौँ, २७ जेठ ,, शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ ।...बाँकी अंश →

गलकोट, २७ जेठ ,, जातीय विभेद् विरुद्धका अभियान्ता स्व भगतसर्वजीत विश्वकर्माको सम्झनामा सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । जिल्लाको बागलुङ नगरपालिका–७ ठारास्वारास्थित उहाँकै जन्मस्थानमा सङ्ग्रहालय निर्माण थालिएको भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले जनाएको छ । जातीय विभेद् विरुद्ध उहाँले गर्नुभएको सङ्घर्षकोे विवरण, उहाँले अध्ययन गर्नुभएको धार्मिक पुस्तक, उहाँद्वारा लिखित पुस्तकका साथै...बाँकी अंश →
बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । अमरगढी...बाँकी अंश →
बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ । उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार...बाँकी अंश →

बझाङ, २७ जेठ ,, बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: