१३ चैत २०८२

समाचार

युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

किभ, २८ जेठ   ,,   युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । यस आगलागीमा...बाँकी अंश →


थली साँखु सडक तत्काल स्तरोन्न

साँखु, २८ जेठ   ,,  काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको छ । चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि आज बिहान अनिश्चित समयसम्म बन्दको आह्वान गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक...बाँकी अंश →


औलोका बिरामी घट्दै

चितवन, २८ जेठ  ,,  जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा नौ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये...बाँकी अंश →


पाँच पटक सांसद बन्नुभएका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

चितवन, २८ जेठ  ,,  जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीष्मबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ । युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा...बाँकी अंश →


जनतासँग नगर प्रमुख तथा उपप्रमुख कार्यक्रम शुरु

लम्की, २८ जेठ  ,,  कैलालीको टीकापुर नगरपालिकाले जनतासँग नगर प्रमुख तथा उपप्रमुख कार्यक्रम शुरु गरेको छ । नगरपालिकालाई नागरिकका माग सम्बोधन गर्न सहज होस् भनी स्थानीयस्तरमै गएर गुनासा सुन्न थालेको हो । यो कार्यक्रममा रु एक लाखभन्दा मुनिका योजना कार्यान्वयनका लागि नगर प्रमुख तथा उपप्रमुखले निर्देशन दिनुका साथै आगामी आर्थिक...बाँकी अंश →


खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी, २८ जेठ   ,,   चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले...बाँकी अंश →


विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा

काठमाडौँ, २८ जेठ   ,,  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको अमान्य...बाँकी अंश →


व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

आदिस अबाबा, २८ जेठ   ,,  अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर...बाँकी अंश →


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

चितवन, २८ जेठ  ,,  बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ...बाँकी अंश →


रुपाकोटमा भ्यू टावर बनाउन शुरु

खोटाङ, २८ जेठ  ,,  खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी...बाँकी अंश →


आँधीबाट आठको मृत्यु

नयाँ दिल्ली , २८ जेठ  ,,  पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ । आँधी र चट्याङको सोमबार साँझ...बाँकी अंश →


छाउपडीले महिला मर्कामा

डडेल्धुरा, २८ जेठ  ,,  सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिनुभयो । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् । महिला तथा बालबालिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter